सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एसईई परीक्षा खारेज, विद्यालयकै मूल्यांकनलाई मान्यता !

एसईई परीक्षा खारेज, विद्यालयकै मूल्यांकनलाई मान्यता !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७७, बुधबार

काठमाडौं, २८ जेठ – यस पटकको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।
करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । मन्त्री पोखरेलले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।
गएको चैत ६ गतेदेखि शुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अचानक स्थगित भएको थियो । सरकारले जाँच शुरु हुनु अघिल्लो साँझ परीक्षा अनिश्चितकलको लागि रद्ध गर्ने निर्णय गरेको थियो । कक्षा १० को एसईई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->