सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भरुवा बन्दुकसहित बागलुङको ताराखोलाबाट ६ जना पक्राउ

भरुवा बन्दुकसहित बागलुङको ताराखोलाबाट ६ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७७, बिहिबार

बागलुङ, २९ जेठ– जिल्लाको ताराखोला गाउँपालिकाबाट भरुवा बन्दुकसहित ६ जना पक्राउ परेका छन् । बिषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ताराखोलाको टोलीले बुधबार बिहान घरमा खानतलासी गर्ने क्रममा बिना लाइसेन्स लुकाई राखेको अवस्थामा एकनाले बन्दुकसहित ६ जनालाई पक्राउ गरेको हो ।
बन्दुकसहित पक्राउ पर्नेहरुमा ताराखोला गाउँपालिका–१ का ४९ बर्षिय चित्रराज कँडेल, ३६ बर्षिय थमबहादुर घर्ती, ४२ बर्षिय टंकबहादुर रोका, ३७ बर्षिय होमबहादुर रोका, २९ बर्षिय खिमानन्द कँडेल र ४९ बर्षिय बमबहादुर घर्ती रहेका छन् । बमबहादुर घर्तीले टंकबहादुर रोकाको बन्दुक लिएर राखेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याईएको र आवश्यक अनुसन्धान भैरहेको कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए । प्रनि केसीका अनुसार, पक्राउ परेका उनीहरुलाई अनुसन्धानपछि हातहतियार खरखजना ऐन सम्बन्धी मुद्दा चलाईने छ । हतियार खरखजना मुद्दामा अपराध ठरिए ५० हजारसम्म जरिवाना र ५ बर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->