बागलुङ, ५ असार– गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार, नयाँ संक्रमितमा नवलपरासी पूर्वका २ जना, बागलुङका १४ जना, कास्कीका ६ जना र स्याङजाका २ जना रहेका छन् । संक्रमितहरु नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकाका २ जना पुरुष, बाग्लुङको गल्कोट नगरपालिकाका ६ पुरुष र २ महिला, काठेखोला गाउँपालिकाका ६ पुरुष रहेका छन् । त्यस्तै, कास्कीको पोखरा महानगरपालिकाका ३ पुरुष र २ महिला, रुपा गाउँपालिकाका एक पुरुष रहेका छन् । त्यस्तै स्याङजाको कालिगण्डकी गाउँपालिकाका एक जना पुरुष र पालिका नखुलेका एक पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।





