शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका थप २९ जनामा कोरोना पुष्टि

बागलुङका थप २९ जनामा कोरोना पुष्टि

मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित, गण्डकीमा थपिए ५० जना


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७७, शनिबार

बागलुङ, ६ असार– गण्डकी प्रदेशमा फेरि ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अनुसार, शनिबार बेलुका तनहुँ, बागलुङ, नवलपरासी पूर्व र मुस्ताङमा संक्रमित भेटिएका हुन् ।
निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार, तनहुँको ब्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ । त्यसैगरि बागलुङको गलकोट नगरपालिकाका ८, ताराखोला गाउँपालिकाका १, बडिगाड गाउँपालिकाका ६ र बागलुङ नगरपालिकाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरि, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकामा १८ जना नयाँ संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पनि नयाँ संक्रमित भेटिएका छन् । मुस्ताङको घरपजोङ गाउँपालिका निवासी एकजना ८३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको शर्माले जानकारी दिएका छन् ।
अब गण्डकी प्रदेशको लमजुङ मात्रै कोरोना संक्रमणबाट जोगिएको जिल्ला छ । उनीहरु सबैजना सम्बन्धित पालिकाका क्वारेन्टाइनमा रहेका शर्माले बताए । उनीहरु सबैलाई नजिकैको आइसोलेसनमा लाने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->