शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण

बागलुङको गल्कोट नगरपालिकाका ४, काठेखोला गाउँपालिकाका ३, ढोरपाटन र बागलुङ नगरपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७७, आइतबार

बागलुङ, ७ असार– गण्डकी प्रदेशका चार जिल्लामा आइतबार बिहानै १६ संक्रमित फेला परेका छन् । बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान सार्वजनिक गरेको विवरण अनुसार, बागलुङको गल्कोट नगरपालिकाका ४, काठेखोला गाउँपालिकाका ३, ढोरपाटन नगरपालिकाका र बागलुङ नगरपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन् ।
यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिकाका ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुषमा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । शनिबार मात्रै दुई पटक गरि बागलुङमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बागलुङमा कोरोना संक्रमित थपिने क्रम तीव्र रुपमा बढ्दै गएपछि बुर्तिवाङ र धौलागिरि बहमुखी क्याम्पसमा निर्माण गरिएको प्रि–आइसोलेसन भरिन थालेका छन् । भएका प्रि–आइसोलेसन संक्रमित नथेग्ने देखिएपछि बागलुङका स्थानीय सरकार वैकल्पिक स्थानको खोजीमा जुटिरहेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->