शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका ११ जनाले कोरोना जिते, अस्पतालबाट डिस्चार्ज

बागलुङका ११ जनाले कोरोना जिते, अस्पतालबाट डिस्चार्ज


  • रामकृष्ण बोहरा
  • असार ८ २०७७, सोमबार

बागलुङ, ८ असार– धौलागिरि अस्पताल बागलुङको आइसोलेसन र धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचाररत बागलुङका ११ जनाले कोरोना जितेका छन् । उनीहरुको पछिल्लो कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबार साँझ नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।
कोरोना जित्नेहरुमा बागलुङको बडिगाड गाउँपालिकाका पाँच जना, बरेङ गाउँपालिकाका दुई जना, ताराखोला गाउँपालिकाका १ जना, गलकोट नगरपालिकाका एक जना र निसीखोला गाउँपालिकाका २ जना रहेका छन् ।
कोरोना परिक्षणका लागि पठाईएको पछिल्लो स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पताल डिस्चार्ज गरिएको सूचना अधिकारी गौतमको भनाई छ । यससँगै बागलुङमा उपचारपछि घर फर्किनेहरुको संख्या २३ पुगेको छ । यसअगाडी बडिगाड गाउँपालिका ६ जना, तमानखोला गाउँपालिकाका ४ जना र बागलुङ नगरपालिकाका २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->