सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थानीयको अवरोधपछि खानेपानी आपुर्तिमा समस्या

स्थानीयको अवरोधपछि खानेपानी आपुर्तिमा समस्या


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७७, मंगलबार

बागलुङ, ९ असार– बर्षाले बगाएको पाईप निमार्ण गरिए पनि स्थानीयको अवरोधका कारण बागलुङ बजारमा पिउने पानी आपुर्तिमा थप समस्या भएको छ । तीन दिनअघि बाढीले बागलुङको रेश मुहान, जिरेदी र दोबिल्लाका बिभिन्न स्थानमा पहिरोले पाइप बगाएपछि सो स्थानमा निर्माण गरिएको भएपनि बागलुङ नगरपापालिका वडा नम्बर ३ बोक्सेमा स्थानीयको अवरोध गरेपछि पानी नियमित संचालन गर्न नसकेको नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।
पहिरोले पाइप बगाएको स्थानमा निर्माण गरेपछि पानी संचालन गर्दा घर र खेतीयोग्य जमिन जोखिममा परेको भन्दै बोक्सेका स्थानीयले अवरोध गरेका छन् । यसबाट पानी ल्याउन थप समस्या भएको संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए । संस्था र स्थानीय बिच छलफल गर्दा समेत स्थानीयले पाईप ल्याएको स्थानमा ग्यावीन जाली लगाउनुपर्ने भन्दै पाईप जडान गर्न नदिँदा पानी बजारमा सहज बन्न नसकेको संस्थाको भनाई छ ।
संस्थाका पदाधिकारी, प्रहरी र स्थानीयबीच पटक पटक छलफल गरिए पनि स्थानीयले अवरोध कायमै राखेको संस्थाले जनाएको छ । अवरोध हटेमा बुधबारदेखि पिउने पानी सहज हुने संस्थाको भनाई छ । गत शनिवार आएको पहिरोले भुदी खोला मुहान, दोविल्ला र रेशमा पाईप बगाउँदा बजारमा पिउने पानी आपुर्ति बन्द भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->