शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१४ दिनसम्म पिसिआर रिपोर्ट आएन

१४ दिनसम्म पिसिआर रिपोर्ट आएन


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार

बागलुङ, १० असार– निसीखोला गाउँपालिकामा जेठ दोश्रो साता भारतबाट आएकालाई क्वारेन्टाइनमा राखियो । ती मध्ये एउटै क्वारेन्टाइनका ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि धौलागिरी अस्पतालमा आइसोलेसनमा ल्याइयो ।
संक्रमित आइसोलेसनमा आएपछि जिल्ला कमाण्ड पोष्टले सँगै बसेकालाई तत्काल नछाड्न आग्रह गरेपछि पहिलो पटक नेगेटिभ आएकाहरुलाई फेरी पिसिआर परीक्षण भयो । स्वाब संकलन गरेर पठाएको १४ दिनसम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बस्नेले हैरानी खेपेका छन् ।
‘गाउँपालिकाले डेढ महिनादेखि खुवाउने र बसाल्ने गर्नु परेको छ, उनीहरुपनि आत्तिएका छन्’ गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले भने, ‘स्वाब पठाएको यतिका दिन भएपनि रिर्पोट नआउनु चरम लापरबाही भयो ।’ जेठ २८ गते संकलन गरेर पोखरा पठाएको स्वाबको रिपोर्ट अझै नआएको उनले गुनासो गरे ।
निसीखोलामा ५ सयबढी मानिसलाई क्वारेन्टाइनमा राखिएको थियो । ती मध्ये कतिपय नेगेटिभ रिपोर्ट आएपछि घर फर्केका छन् । पोजेटिभ आएकाहरु आइसोलेसनमा छन् । तर १ सय ४ जना भने अभैm कन्टयाक्ट ट्रेसिङको नाउँमा फेरी क्वारेन्टाइनमा बस्न बाध्य भएका हुन् । खेतीपाती लगाउने समयमा काम गर्ने युवा बन्धक बनिरहेको भन्दै छिटो रिपोर्ट पठाइदिन ताकेता गरेपनि ढीलाई भएको समेत उनले बताए ।
पोखरामा स्वाब थुप्रेर परीक्षण ढीलाई भएपछि पोजेटिभ देखिएकाहरु निको भएर फर्कंदा सम्म नेगेटिभ देखिएका घर जान नपाएका हुन् । यो समस्या केही समय अघि बडिगाड गाउँपालिकामा पनि देखिएको थियो । अझै पश्चिम बागलुङका क्वारेन्टाइनमा बस्ने धेरैजसोको रिपोर्ट समयमा नआएर हैरानी खेपिरहेको जनप्रतिनिधिहरुले बताए । पोखरामा भने धेरै भएपछि पालैपालो गर्दा ढीलाई भएको बताउने गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->