सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कोरोना कहरबीच खानेपानीका ८० प्रतिशत काम सकिने

कोरोना कहरबीच खानेपानीका ८० प्रतिशत काम सकिने

८० प्रतिशत भौतिक र ९८ प्रतिशत बित्तिय प्रगती


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार

बागलुङ, १० असार– डिभिजन खानेपानी तथा सरसफाई कार्यालय बागलुङले लकडाउन र कोरोना कहरका बीच ८० प्रतिशत भौतिक र ९८ प्रतिशत बित्तिय प्रगती गर्ने भएको छ ।
निर्माणाधिन खानेपानी आयोजनाहरुमा नियमित काम भएकोले चालु बर्षको लक्ष र आगामी बर्ष गर्नुपर्ने समेत केही काम भएको डिभिजन प्रमुख राजेन्द्रप्रसाद न्यौपानले बताए । कार्यालयमा दिर्घकालिन र बहुबर्षे योजनाहरु हुने भएकोले लकडाउनमा परेका मजदुरले बिना बजेट काम गरेको उनले बताए ।
लकडाउनमा फसेका मजदुरबाट काम गराउँदा कामले गति लिएको उनले बताए । ‘धेरै योजनामा लगातार काम भए, बजेटको कारणले थोरै काम गर्नु पर्ने बाध्यता अहिले मजदुरले घर पनि जान नपाएर बढी गरेका छन्’ उनले भने, ‘लकडाउनको समयमा संघ र प्रदेशको गरी झण्डै १४ करोड भुक्तानी दिन बाँकी रहेको छ ।’ कार्यालयले धौलागिरीका ४ जिल्लाको खानेपानीको आयोजना हेर्ने गरेको छ । यो अवधिमा मुस्ताङका एकदुइवटा आयोजनामा प्राविधिक समेत जान नपाएर काम रोकिएको उनले बताए । अन्य जिल्लामा भने नियमित काम भएका हुन् ।
पाइप खरिद भएर अहिले कार्यालयमा थुप्रिएको छ । असार मसान्त सम्म सबै आयोजनामा पाइप समेत पुग्ने उनले बताए । पाइपलाइन खन्ने, ठूला ट्यांकी निर्माण तथा धाराहरु बनाउने काम समेत नियमित भएको हो । चालुबर्ष थाल्ने तयारी गरिएको मध्ये बागलुङको ढोरपाटन नगरपालिकाको अर्नाकोट खानेपानी आयोजना मात्रै मुहान बिबादले थाल्न नसकिएको उनले बताए । ‘बन्दाबन्दीकै बीचमा बडिगाडको सुडकुडे खानेपानी आयोजनामा भने काम सकिएको छ’ उनले भने, ‘असार भित्रै धेरै आयोजनाका उपभोक्ताले पानी खान पाउनेछन् ।’ खानेपानीमा संघिय सरकारबाट थोरै बजेट आउँदा बर्षौदेखि अलपत्र धेरै योजना छन् । ती योजनामा भने प्रगती पनि थोरै छ । दशकदेखि अलपत्र ती योजनामा एक मुष्ट बजेट नआएसम्म सम्पन्न नहुने अवस्थामा रहेको इन्जिनिय।रहरु बताउँछन् ।


गत बर्षदेखि भने धेरै आयोजनाहरु प्रदेश सरकार मार्फत हुन थालेका छन् । नजिकको सरकार भएकोले धेरै बजेट पार्ने र छिटो अनुगमन समेत हुँदा कामले गति लिएको हो । साना आयोजना भने स्थानीय पालिकाले हेरेका छन् । केही आयोजना नेपाल स्वास्थ्यकालागि पानी, नेवाले पनि निर्माण गरेको छ । लकडाउनका बीच ती आयोजनाको प्रगती भैरहेको नेवाका कार्यक्रम अधिकृत बिनोद कोइरालाले बताए । सरकारले आगामी आर्थिक बर्षदेखि भने कार्यालयको संरचनामा हेरफेर गरेको छ । बागलुङ स्थित कार्यालयले पर्वत र बागलुङ हेर्नेछ भने म्याग्दी र मुस्ताङमा अन्य पूर्वाधारका कार्यालयहरु मर्ज गरेर खानेपानी समेत हेर्ने गरी डिजाइन गरिएको छ । साउनबाटै ती कार्यालय स्थापना भएपछि बागलुङको कार्यालय बागलुङ र पर्वत केन्द्रीत हुनेछ ।
बर्षौदेखि अलपत्र परेका कतिपय योजनालाई प्रदेश मार्फत ल्याएर पुरा गर्ने गरी डिभिजनले काम थाल्ने समेत न्यौपानेले जानकारी दिए । ‘बीस बर्षदेखि उपभोक्ताहरु धाएका छन्, परेको बजेटले मर्मत गर्न पनि पुग्दैन’ न्यौपानेले भने, ‘अब त्यस्ता आयोजना छिटो सक्ने बनाउन प्रदेशमार्फत हेर्ने र देखिनेगरी काम गर्नसमेत लगाइने छ ।’ प्रदेश सरकार र डिभिजनले पनि त्यसतर्पm सुझाव दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->