बागलुङ, १० असार– नेपाल औषधि ब्यबसायी संघले मानव सेवा आश्रम बागलुङलाई निशुल्क औषधि उपलव्ध गराएको छ । संघको ४७ औं स्थापना दिबसको अबसरमा आश्रममा बस्दै आएका जेष्ठ नागरिक, महिला अपांग र बालबालिकालाई आवश्यक औषधी निशुल्क प्रदान गरिएको संघले जनाएको छ ।
औषधी ब्यबसायी संघले १७ हजार र श्रीकृष्ण मेडिको फर्मा बागलुङले ४ हजार गरि २१ हजार रूपैयाँको औषधी आश्रमलाई निशुल्क प्रदान गरिएको औषधी ब्यबसायी संघका अध्यक्ष टेकनारायण केसीले बताए । संघले प्रत्येक महिनाको एकपटक स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँच गर्ने प्रतिबद्धता कार्यक्रममा ब्यक्त गरेको छ ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ धौलागिरीका पुर्व अध्यक्ष टेकनारायण केसी, बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, नेपाल औषधी ब्यबसायी संघ धौलागिरिका निर्वतमान अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठ लगाएतले बोलेका थिए । कार्यक्रम संघका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद सापकोटाको स्वागत र सविच खगेश्वर पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । ३ बर्षदेखि सदरमुकाम बागलुङ बजारमा संचालित आश्रममा ४५ जना महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएकाहरूले आश्रय लिएर बस्दै आएका छन् ।






