सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

न्याय खोज्दै बागलुङमा अधिकारकर्मीको प्रदर्शन

न्याय खोज्दै बागलुङमा अधिकारकर्मीको प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार

बागलुङ, १० असार– पश्चिम रुकुममाभएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङमा दलित समुदायले विरोध ¥याली निकालेका छन् । संयुक्त दलित संघर्ष समितिको आयोजनामा भएको बिरोध ¥याली समिक्षालय चोकबाट सुरु भएर लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
पश्चिम रुकुमको चौरजहारी नरसंहारका दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै बागलुङका दलित समुदायले बिरोध गरेको जनाएको छ । आफ्नी प्रेमिकासँग विवाह गर्न भन्दै केही साथीसहित रुकुम पश्चिम पुगेका जाजरकोटका नवराज विश्वकर्माको मृत्यु भएको खबर आएपछि अहिले सदनदेखि सडकसम्म आवाज उठेका छन् । कथित माथिल्लो जातकी एक जना किशोरीसँग प्रेम सम्बन्धमा रहेका विश्वकर्मा सहित उनका साथी माथि’ हमला गरी हत्या गरिएको’ दलित अधिकारकर्मीहरूले आरोप लगाएका छन् ।
जातीय विभेद अन्त्य गर, जातिय विभेद कहिलेसम्म ?, दलितका लागि सरकार कहाँ छ ?, मानिस भएर बाच्न देउ, पोसमार्टम रिपोर्ट गलत बनाउने डा.लाई कारबाहीहोस्, लगायतका पम्प्लेट सहित दलित अधिकार कर्मीहरुले बजार परिक्रमा गरेका थिए । कानुन नै बनाएर नेपालमा छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको तथा देशलाई नै छुवाछुतमुक्त घोषणा गरिएको भएपनि व्यवहारमा भने जातीय विभेद कायमै रहेको दलित अधिकारकर्मी टिका कुमारी विश्वकर्माले बताईन् ।
सार्वजनिक स्थलमा हुने छुवाछुतमा केही कमी आए पनि विवाह र प्रेम सम्बन्धलाई लिएर ज्यानै लिनेसम्मका घटनाहरूमा भने कमीनआएको भन्दै दलित अधिकारकर्मीहरुले कोणसभामा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा दलितयुवा सञ्जालको अध्यक्ष राजकुमार बोसेल, समाजसेवी लक्ष्मण श्री, दलित सञ्जालका सचिव सुनिता विश्वकर्मा, सागर परियार, सिताराम रसाईली, रामबहादुर विश्वकर्मा, भक्त रसाईली लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->