सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रुप्से भरनामा पहिरो : बेनी–जोमसोम सडक अबरुद्ध

रुप्से भरनामा पहिरो : बेनी–जोमसोम सडक अबरुद्ध


  • Dhorpatan News
  • असार १० २०७७, बुधबार

म्याग्दी, १० असार– गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ । लगातारको बर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भु–वनावटका कारण अन्नपूर्ण गाउँपालिका–३ दानको रुप्से झरनाको माथिबाट ढुंगामाटो सहितको लेदो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद जानकारी दिए । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ । सडकखण्डको गलेश्वर पारी घुमाउने तालदेखि नै हिलाम्ये सडकका कारण सवारी साधन आवतजावतमा समस्या भएको छ ।

सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर, ब्रेकरको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारी साधन हिलोमा नै घण्टौंसम्म फस्ने गरेका छन् । सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको शेरचनले बताए ।

उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सर्तकता उपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ । मुस्ताङ जोड्ने सडक रघुगंगा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, द्धारीखोला र काभ्रेभीरमा धेरै समस्या रहेको छ । अवरुद्ध सडक खुलाएको तीन दिन बित्न नपाउँदै बुधबार पुनः अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->