सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बढ्यो खानेपानीको समस्या, अझै दुईदिन लाग्ने

बढ्यो खानेपानीको समस्या, अझै दुईदिन लाग्ने


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७७, शुक्रबार

तस्बिर : दिपक शर्माको फेसबुकबाट

बागलुङ, १२ असार– सदरमुकाम बागलुङ बजारमा एक हप्तादेखि बन्द भएको खानेपानी आपूर्ति अझै दुइ दिन नहुने भएको छ । बिहिबार बिहान सामान्य संचालनमा आएको पानी फेरी शुक्रवार बिहानै पहिरोले बगाएपछि अबरुद्ध भएको हो । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सार्वजनिक सूचना समेत जारी गरेर खानेपानी खुवाउन समस्या भएको बताएको छ ।
पहिरोले भुँदीखोलाको मुहान, दोबिल्ला र रेशमा पाइपलाईन बगाएको थियो । लामो प्रयासपछि जोडिएको पाइपलाईन शुक्रवार दोबिल्लामा फेरी भत्केको हो ।
पहिरोले ठूलो क्षति भएपछि शनिवार नेपाली सेना र स्थानीय बासिन्दा सहित उपभोक्ता समितिले मर्मत गर्ने तयारी गरेको समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । ‘पानी खुवाउन नसकेकोमा क्षमाप्रार्थी छौं, बनाइसकेको पाइप लाइन फेरी ठूलो पहिरोले बगाएपछि समस्या बढ्यो’ श्रेष्ठले भने, ‘सकेसम्म शनिवार बेलुकीनै पानी संचालन गर्नेछौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->