सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तित्याङका घर घरमा धारा पुर्याउन बृहत योजना शुरु

तित्याङका घर घरमा धारा पुर्याउन बृहत योजना शुरु


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७७, शुक्रबार

बागलुङ, १२ असार– एकघर एक धारा अभियान अन्र्तगत ५ सय ७२ घरलाई पानी खुवाउने गरी बागलुङको तित्याङमा बृहत खानेपानी आयोजना निर्माण थालिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ को तल्लो खण्डमा यो आयोजनाले खानेपानीको आपूर्ति गर्नेछ । शुक्रबार भर्चुअल सम्वादका माध्यमबाट आयोजनाको सिलन्यास गरिएको थियो । कोरोना भाइरसको महामारी फैलिएको समयमा औपचारिक कार्यक्रम संभव नभएको भन्दै सरोकारवालाले यो कार्यक्रम मार्फत शिलान्यास गरेको वडा अध्यक्ष गणेश थापाले बताए ।
आयोजनामा २० घन मीटर, ५० घन मीटर र एकसय घनमीटरका पानी ट्याङ्की, पाइपलाइन, इन्टेकलगायत निर्माण सहितको बहुबर्षे आयोजना सात करोड रुपैयाँको डिपिआर तयार भएको संघीय तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए ।
नयाँ योजनाको रुपमा रहेको आयोजनाको तत्काल ३८ धारा निर्माण र २० घनमीटरको पानी ट्याङ्की निर्माणका लागि ३० लाख बजेट विनियोजन भएको छ । आगामी वर्षदेखि निरन्तर बजेट विनियोजन हुने केसीले बताए । संघीय सांसद डा. सूर्य पाठकले नेपालका विकासका योजना सम्पन्न गर्न ठूलो रकम लाग्ने तर वर्षेनी कम बजेट विनियोजन गर्दा आयोजनाहरु अलपत्र पर्ने अवस्था रहेकाले आवश्यकताका आधारमा बजेट व्यवस्थापनको काम गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनका बेला जनतासँग गरेका बाचा सम्बोधन गर्न सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने भएकाले कुनैपनि योजनामा बजेट अभाव हुन नदिने बताए ।
संघीय सांसद मनकुमारी केसीले जिल्लाको विकासका लागि आवश्यकताका आधारमा योजनाहरु कार्यान्वयनका लागि झक्झकाउँने बताइन् । योजनाको सुरुवात हुने तर पुरा नहुने समस्यालाई अन्त गर्नका लागि नीतिगत रुपमा अगाडि बढ्नुपर्ने उनको जोड थियो । केसीले बागलुङका थुप्रै ठाउँमा खानेपानीका समस्याहरु रहेकाले ति ठाउँमा आयोजना निर्माण सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बागलुङ नगरपालिकाले सबैको घरमा धारा निर्माण गर्ने योजना अनुसार अगाडि बढेको भन्दै आयोजनालाई अलपत्र हुन नदिने बताए ।
नगरपालिकाले कुँडले, लामाचौर, पाठकधर, नारायणस्थान, अमलाचौरलगायतका ठाउँमा देखिएको खानेपानी समस्या समाधान गर्नका लागि पहिलो आर्थिक वर्षदेखिनै लगानी बढाउँदै गएको बताए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा खानेपानी आयोजना निर्माणको काम अगाडि बढीरहेको भन्दै नगरप्रमुख पौडेलले कतै खानेपानीको मुहान नपाउँने त कतै पानीको प्रबन्ध भएरपनि व्यवस्थापन गर्न नसक्दा समस्या भएकाले सबै व्यवस्थापन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
बागलुङ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश थापा मगरले तित्याङमा खानेपानीको स्रोत प्रयाप्त भएपनि खानेपानीको सहज पहुँच नपुग्ने अवस्था आएकाले योजना सञ्चालनमा ल्याउँन थालिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->