बागलुङ, १५ असार– पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १२१ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १०८ जना पुरुष र १३ जना महिला निको भएका हुन् । नेपालमा कुल ३ हजार १ सय १३ जना निको भएका छन् ।





