सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अलमलमै छ, सलह व्यवस्थापन योजना

अलमलमै छ, सलह व्यवस्थापन योजना

सलह हो कि अर्कै किरा हो ?


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७७, मंगलबार

पोखरा, १६ असार– आइतबार बिहान ठीक १० बजे, पोखरा महानगरपालिका वडा नम्बर ९ का सविच लोकदर्शन कोइरालाले आफ्नो फेसबुकमा लेखे, ‘पोखरामा सलह किरा प्रवेश ग¥यो ।’
पोखरा महानगरपालिका वडा नम्बर ९ को नयाँ सडकमा विष्णु पराजुलीको सटरअघि सलह भेटिएको दाबी गर्दै उनले सचेत रहन आग्रह गरे । कोइरालाले फेसबुकमा पोखरामा सलह भेटिएको जानकारी दिँदासम्म तराईका केही जिल्लामा सलह ठूलो संख्यामा भित्रिइसकेको थियो । उनले फेसबुकमा सलहजस्तो लाग्ने फोटोसहित सलह पोखरा भित्रिएको दाबी गरें पनि सलह नै हो या अरु कुनै प्रजातिको किरा हो पुष्टि भइसकेको थिएन । सलह नै हो या अरु केही अन्यौल नै थियो । होइन होला जस्तो पनि लाग्यो धेरैलाई ।
त्यस लगत्तै दिउँसो १२ बजेर ४२ मिनेट जाँदा पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा १७ मतगौंडामा ८, १० वटा सलह भेटिएको लेखें । ठूलो संख्यामा नदेखिए पनि तितरबितर भएर केही संख्या मात्रै पोखरा भित्रिएको हुन सक्ने उनको अनुमान थियो ।
उनले यसको व्यवस्थापनमा सरोकारवाला निकाय लाग्नुपर्ने उनले फेसबुकमा लेखेका थिए । भोकले आक्रान्त सलहले ठूलो मात्रामा खाद्यान्न बाली नष्ट गर्ने बताइए पनि नेपालमा यसले कतिको बाली नष्ट ग¥यो,यसको यकिन तथ्यांक पनि आइसकेको छैन ।
ठूलो मात्रामा सलह भित्रिएको प्रदेश नम्बर पाँचले प्रति केजी २० रुपैयाँ प्रोत्साहन स्वरुप दिने बतायो । केहीले सलह समाएर प्रोत्साहन भत्ता पनि लिए । यद्यपि, पोखरामा भने सलह प्रवेश गरिहाले सलह व्यवस्थापनको लागि के गर्ने ? अझैं टुगों लागेको छैन । आइतबार केही मात्रामा महानगरका विभिन्न ठाउँबाट सलह भेटिएको खबर आए पनि सोमबार भने सलहबारे कृषकबाट महानगरमा कुनै जानकारी नआएको महानगरका कर्मचारीहरुले बताएका छन् ।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले छलफल भइरहेको बताए । छलफलले सलह व्यवस्थापनको टुंगो भने लगाइसकेको छैन । ‘यो विषयमा महानगरमा छलफल भई रहेको छ’,उनले छोटो प्रतिक्रिया दिए, ‘छिटै टुंगोमा पुग्छौं ।’ यता, प्रदेश सरकारले भने अहिले यता देखिएको सलहले ठूलो क्षति नपु¥याउने तर सजग रहनुपर्ने र धानको बीउ जोगाउन सार्वजनिक अपील गरेको छ । प्रदेश सरकारले सलह आएलगत्तै ¥यापिड एक्सन टिम भने बनाएको छ ।
सलह हो कि अर्कै किरा हो ?
ठूलो झुण्डमा देखिने सलहको स्वरुप फट्याङ्ग्रासँग मिल्ने हुनाले केहीले पोखरामा देखा परेको किरा सलह नभई फट्याङ्ग्रा भएको समेत दाबी गरेका छन् । पोखरा महानगरका कृषि महाशाखा प्रमुख कडरियोले बुटवलमा देखिएको सलह र यहाँको हुलिया मिलेको बताए । ‘बुटवलमा देखा परेको सलहको हुलसँग पोखरामा भेटिएको सलहको पनि हुलिया मिल्छ’, उनले भने । महानगरका विभिन्न स्थानबाट कृषकहरुले सलह भेटिएको जानकारी गराएपछि फिल्डमै पुगेर निरीक्षण गरेको उनले बताए ।
सलह नै भेटिएको भए पनि अहिले नै आत्तिई हाल्नुपर्ने अवस्था नरहेको उनको भनाई छ । सलहको सन्तान उत्पादनको लागि बालुवा अथवा मरुभुमी नै उपयुक्त हुने विज्ञहरुले बताई सकेको हुँदा ठूलो मात्रामा सलहले क्षति नपु¥याउने उनको भनाई छ । ‘छिटपुट आएको हुन सक्छ । पोखराका केही स्थानमा देखिए’, उनले भने, ‘तर, यही अवस्थालाई हेर्ने हो भने आत्तिई हाल्नु पर्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->