सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरो पीडित परिवारलाई गाउँपालिकाको सहयोग

पहिरो पीडित परिवारलाई गाउँपालिकाको सहयोग


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७७, बुधबार

बागलुङ, १७ असार– जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामको फापरखेत ठोट्नेरीमा पहिरोले घर पुरिँदा मृत्यु भएकी विमला पुनको परिवारलाई गाउँपालिकाले राहत रकम उपलव्ध गराएको छ ।
बुधबार गाउँपालिका अध्यक्ष अमर थापाले पुनको घर फापरखेत पुगेर ५० हजार रुपैयाँ नगद उपलव्ध गराएका हुन् । फापरखेत पुगेको अध्यक्ष थापासहित गाउँपालिकाको टोलीले परिवारमा समवेदना व्यक्त गर्दै पुनका आफन्तलाई राहत उपलव्ध गराएको हो । गाउँपालिकाले गत असार ६ गते नै ६ हजार रुपैयाँ बराबरको खाद्यान्न परिवारलाई उपलव्ध गराएको थियो ।
गत असार ५ गते शुक्रबार रातीदेखि परेको बर्षाले शनिबार विहान घर माथिबाट आएको पहिरोले फापरखेतका स्थानीय टिका बहादुर पुनको घर पुरिँदा उनकी श्रीमती विमला पुनको मृत्यु भएको थियो । पहिरोले घर पुरीएपछि पुन परिवार आफन्तकोमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->