शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

स्वास्थ्य केन्द्र र क्वारेन्टाइनलाई निसंक्रमण धारा वितरण

स्वास्थ्य केन्द्र र क्वारेन्टाइनलाई निसंक्रमण धारा वितरण


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७७, बुधबार

बागलुङ, १७ असार– नेपाल स्वास्थ्यको लागि पानी नेवाको आर्थिक सहयोग र जिल्ला समन्वय समिति बागलुङको पहलमा पश्चिम बागलुङका चार पालिकाका क्वारेन्टाइन र स्वास्थ्य केन्द्रलाई दश ओटा निसंक्रमण धारा वितरण गरिएको छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्ने उदेश्यले ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा बुधबार एक कार्यक्रमका बीच खुट्टाको सहयाताले चलाई, हात धुन सकिने निसंक्रमण धारा वितरण गरिएको हो ।
ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र, उत्तरगंगा नमुना मावि, शिवालय मावि, तमानखोला गाउँपालिकाको जनजागृति मावि, निसीखोला गाउँपालिकाको प्रभा मावि, ज्ञानेन्द्र मावि, बडिगाड गाउँपालिकाको त्रिभुवन नमुना मावि, भानु मावि र खार माविमा निर्माण गरिएको क्वारेन्टाइनलाई निसंक्रमण धारा वितरण गरिएको नेवाका कार्यक्रम निरीक्षक विनोद कोइरालाले जानकारी दिए ।जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंङगाना, उप–प्रमुख विष्णु भुसाल, अध्यक्षहरु चित्र बहादुर भण्डारी, लक्ष्मण पुन, ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेल, नेवाका प्राविधिक महेन्द्र कोईराला, बिभिन्न विद्यालयका प्रध्यानाध्यापकहरुको उपस्थितिमा धारा वितरण गरिएको हो ।
नेपाल स्वास्थ्यका लागि खानेपानी संस्था नेवाले जिल्लाका बिभिन्न क्षेत्रमा स्वच्छ खानेपानी र सरसफाईका कामहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->