बागलुङ, १८ असार– जर्बजस्ती करणी गरेको आरोपमा जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर २ अर्गलबाट एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय २० वर्षिया युवतीलाई जर्बजस्ती करणी गरेको भन्दै ताराखोला–२ अर्गल खल्डाँडाका २१ बर्षिया रमेश बन पक्राउ परेका हुन् ।
बुधबार दिउँसो खल्डाँडाको जंगलमा गाईबाख्रा चराउन निस्केकी युवतीलाई उनले जर्बजस्ती करणी गरेको भन्दै युवतीका बाबुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी ताराखोलाको टोलीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हटियाका प्रहरी निरीक्षक केशव सिंह थापाले बताए ।
पक्राउ परेका बनलाई सामान्य सोधपुछपछि जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भैरहेको छ । जंगलमा एक्लै रहेको समयमा बनले युवतीलाई जबबबर्बजस्ती करणी गरेर भागेको परिवारले आरोप लगाएको छ । बुधबार दिउँसो घटना भएको भएपनि उनको परिवारले बिहिबार मात्रै प्रहरीमा खबर गरेका थिए ।





