बागलुङ, १८ असार– घरको छतबाट खसेर गम्भिर घाईते भएका बागलुङका एक बालकलाई थप उपचारका लागि पोखरा पठाईएको छ । सदरमुकाम बागलुङ बजारको रामरेखामा डेरा गरि बस्ने बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेका ७ बर्षिय निशान्त बिक घरको छतबाट खसेर गम्भिर घाईते भएपछि धौलागिरी अस्पतालमा सामान्य उपचारपछि प्रादेशिक अस्पताल पोखरा पठाईएको हो । विक बिहिबार अपरान्ह घरको तीन तलामाथिबाट खसेका थिए । छतमा खेल्ने क्रममा अचानक खसेर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । उनको अवस्था गम्भिर रहेकाले पोखरा पठाईएको अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले बताए ।





