सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आदर्शद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग

आदर्शद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग


  • ढोरपाटन संवाददाता
  • असार २० २०७७, शनिबार

बागलुङ, २० असार– अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी विमला पुनको परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले जानकारी दिइन् ।
जिसीका अनुसार, संस्थाले पीडित परिवारलाई तीन बोरा चामल, एक कार्टुन तेल, दश केजी नून वितरण गरिएको हो । गत असार ६ गते बर्षासँगै घर माथिबाट पहिरो खस्दा विमला पुनको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->