सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्वारेन्टाईन व्यवस्थापनका लागि १५ संगठनको संयुक्त सहयोग

क्वारेन्टाईन व्यवस्थापनका लागि १५ संगठनको संयुक्त सहयोग


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७७, मंगलबार

बागलुङ, २३ असार– बागलुङ नगरपालिकाले बनाएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि नेपाली कांग्रेसका भात्री तथा शुभेच्छुक संगठनहरुले आर्थिक सहयोग गरेका छन् । संकटको समयमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै नेपाली कांग्रेस निकट १५ वटा संगठनहरुले संयुक्त रुपमा बागलुङ नगरपालिकालाई नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
नेपाल महिला संघ, तरुणदल, भुपूशैनिक संघ, नेपाल प्रेस युनियन, मगर संघ लगायतका १५ संगठनहरुले मंगलवार एक कार्यक्रमको आयोजनागरि सहयोग रकम हस्तान्त्रण गरेका छन् । सहयोग हस्तान्त्रण गर्दै उनिहरुले संकटको सामनाका लागि आँफुहरु साथमा रहेको भन्दै पारदर्शितामा ध्यान दिन नगरपालिकालाई आग्रह गरे । संगठनहरुले संकलन गरेको झण्डै दुई लाख रुपैयाँ सहयोग रकम जिल्लाभर रहेका दशवटा स्थानीय तहलाई क्वारेन्टाईन व्यवस्थापनको लागि सहयोग गरिने महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताईन् ।
सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै कांग्रस बागलुङका सभापति दिपेन्द्र थापाले भात्री तथा शुभेच्छुक संगठनको सकृयताको प्रसंसा गरे । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेलले सुस्त गतिमा भैरहेको कोरोनाको जाँच बढाउन दवाव आवश्यक रहेको बताए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सरकार र संगठन र सर्वसाधारणको संयुक्त प्रयासले मात्रै संकटको सामना गर्न सकिने भन्दै सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->