सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरोले तित्याङ स्वास्थ्यचौकीमा क्षति

पहिरोले तित्याङ स्वास्थ्यचौकीमा क्षति


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७७, बुधबार

बागलुङ, २४ असार– हस्तान्तरण भएर नयाँ भवनमा सरेको एक महिना नबित्दै बागलुङ नगरपालिका वडा नं. ९ तित्याङ स्वास्थ्यचौकीको जमिन भासिएको छ । लगातारको बर्षात र छेउ तर्पmको कमजोर जमिनमा पहिरो खसेको हो । पहिरो तत्काल नियन्त्रण गर्न नसकेमा हालै निर्माण सम्पन्न भएको तित्याङ स्वास्थ्यचौकी भवननै खतरामा पर्ने भएको छ ।
गत चैतमा निर्माण सम्पन्न भएको यो भवन एक महिना अघि मात्र सारिएको थियो । यस अघिको पुरानो भवनमा रहेको स्वास्थ्यचौकीको नयाँ भवनका लागि २ करोड ३ लाख स्टिमेट थियो । ठेक्कामा लगाउँदा १ करोड ६८ लाख रुपैया मात्र बोलकबोल भएर निर्माण गरिएको हो ।
भवनको पूर्व तथा उत्तरतर्फ रहेको सडकमा पहिरो खसेको छ । पहिरोले भवनको पेटी समेत भत्कने अबस्थामा पुगेको छ । केही खण्डमा सामान्य क्षति पुगिसकेको वडा अध्यक्ष गणेश थापाले बताए । ‘प्राकृतिक बिपत्तीको कारण करोडौंको संरचनामा क्षति पुग्ने अबस्था आयो, तत्काल संरक्षण गर्न सहयोग र आवस्यक सामाग्रीको खोजीमा छौं’ उनले भने, ‘आर्थिक बर्षको अन्त्यको समय भएकोले हरेक कार्यालयमा सामाग्री सकिएको, बजेट नभएको अबस्था छ ।’ आगामी आर्थिक बर्षमा खर्च भराउने वा अन्य व्यवस्थापन गर्ने गरी भएपनि सापटी खोज्ने काम समेत थालिएको उनले बताए ।
प्रारम्भिक सर्भेक्षण अनुसार कम्तिमा १ सय ५० घटमीटर तारजाली भर्नुपर्ने देखिएको उनले बताए । त्यसका लागि कम्तिमा १० लाख रुपैयाँ खर्च आवस्यक पर्छ । उक्त रकम खर्च गर्न नसकेमा करोडौंको भवन जोखिममा पर्ने देखिएको हो । बर्षातको क्रम अझै लामो समय सम्म रहने भएकोले तत्काल संरक्षण नगरे थप क्षति हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->