शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना जितेर बागलुङका सात युवा डिस्चार्ज

कोरोना जितेर बागलुङका सात युवा डिस्चार्ज


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७७, बुधबार

बागलुङ, २४ असार– धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ७ जना युवाहरु बुधवार डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमण भएर दुइ साताअघि अस्पताल पठाइएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइन पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिका वडा नं. ४ का २९ र २६ बर्षका युवा, वडा नं. ६ का २३ र २० बर्षका युवा र ७ का ५० र २६ बर्षका व्यक्ति रहेका छन् । डिस्चार्ज हुनेमध्ये ४ जना क्वारेन्टाइनमा बसेका हुन् भने ३ जना क्वारेन्टाइन बाहिरै संक्रमणमा परेको काठेखोला गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए ।
उनीहरु डिस्चार्ज भएपछि काठेखोलामा क्वारेन्टाइन भन्दा बाहिर संक्रमण भएका कोहीपनि बाँकी छैनन् । काठेखोला ५ को अमरमाबि क्वारेन्टाइनमा काम गर्ने मानिसमा पनि संक्रमण देखिएपछि स्थानीयमा त्रास फैलिएको थियो । उनीहरु निको भएको र कन्ट्रयाक ट्रेसिङमा परेकाहरुमा संक्रमण नदेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->