सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्वारेन्टाइन व्यवस्थापनमा गाडी सहयोग

क्वारेन्टाइन व्यवस्थापनमा गाडी सहयोग


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७७, शुक्रबार

बागलुङ, २६ असार– यहाँका एक युवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो सवारी साधन सहयोग गरेका छन् । ममता बाल पाठशालाका संचालक बागलुङ नगरपालिका वडा नं. २ का अर्जुनबहादुर खत्रीले आफ्नो भ्यान बागलुङ नगरपालिकालाई सहयोग गरेका हुन् । बिशेषगरी क्वारेन्टाइन व्यवस्थापनमा प्रयोग गर्न भन्दै उनले उक्त सवारी दिएका हुन् । कोरोना कहर लागू हुँदासम्म पाठशाला संचालन नहुने भएकोले उनले नगरपालिकाले सदुपयोग गरोस् भनेर दिएको बताए ।
सामाजिक क्षेत्रमा उनले सक्रियता पनि देखाउने गर्छन् । उनको सहयोगले नगरपालिकाको काममा पनि सहज वातावरण बनेको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक दिनेश जिसीले बताए । जिसीले आँफै उक्त भ्यान संचालन गर्छन् । क्वारेन्टाइनमा व्यवस्थापकीय काम गर्न, औषधि तथा स्वास्थ्य सामाग्री ओसार्न भ्यान उपयोगी भएको उनको भनाई छ ।
ध १ च ४५९ नम्बरको भ्यान सहयोग आएकोले नगर कार्यपालिकाको बैठकले खत्रीलाई धन्यवाद दिने प्रस्तावसमेत सर्बसम्मतले पारित गरेको थियो ।
खत्रीले सामाजिक उत्तरदायित्व बहन गर्ने अबसरको रुपमा गाडि सहयोग गरेको बताए । हरेक नागरिकले आफ्नो क्षेत्रबाट साथ र सहयोग भयोभने कोरोना संक्रमण रोक्न सकिने उनले बताए । आम नागरिकलाई कोरोनाबाट बचाउन सचेतना अभियान चलाउन पनि उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->