सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बडिगाडको ग्वालीचौर स्वास्थ्यचौकीमा प्रयोगशाला

बडिगाडको ग्वालीचौर स्वास्थ्यचौकीमा प्रयोगशाला


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७७, शनिबार

बागलुङ, २७ असार– सामान्य समस्याको लागि समेत सदरमुकाम र छिमेकी जिल्लाका मुकामहरुमा पुग्नुपर्ने बिरामीको बाध्यतालाई हटाउनका लागि यहाँको एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ मा रहेको ग्वालीचौर स्वास्थ्य चौकीमा प्रयोगशला सेवा सञ्चालनमा आएको हो । प्रयोगशालाको शनिबार गाउँपालिकाका अध्यक्ष मेयहरसिंह पाईजाको रगत जाँच गरि पहिलो सेवा शुभारम्भ भएको हो ।
स्वास्थ्य संस्थामा प्रयोगशला नभएका कारण बडिगाडका सर्वसाधारणले निजी स्वास्थ्य संस्थाबाट महंगोमा सेवा लिँदै आएका थिए । नजिकैको स्वास्थ्य संस्थामा प्रयोगशाला सञ्चालनमा आएपछि बिरामीको खर्च बच्नुका साथै समयमै उपचार गर्न सहज हुने गाउँपालिका अध्यक्ष पाईजाले बताए ।
रगत र पिसाबबाट पत्ता लगाउन सकिने सबैखालका समस्या पहिचान गर्नसक्ने क्षमताको प्रयोगशाला स्थापना भएको गाउँपालिकाले जनाएको छ । फेयरमेड नेपालको सहयोगमा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएको परियोजना म्यानेजर गणेश बढुवालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->