बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो

म्याग्दीको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७७, शनिबार

म्याग्दी, २७ असार – बिहीबार राती र शुक्रवार बिहानीपख आएको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार शुक्रवार र शनिवार साँझसम्म २७ जनाको शव फेला परेको छ । जिल्लाको धौलागिरी गाउँपालिका- ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका- ७ बिममा गएको पहिरोमा सुरक्षाकर्मीले गरेको खोजतलास तथा उद्धारकार्यको क्रममा शनिवार साँझ थप ७ जना मृत अवस्थामा फेला परेका हुन । पछिल्लो पटक मृत भेटिएकाहरूमा धौलागिरी गाउँपालिकाका हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौसरा जुग्जाली, बिमा जुग्जाली, विपिन जुग्जाली र दिवान जुग्जाली रहेका छन् । शनिवार दिउसोसम्म २० जनाको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->