सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बिपद व्यवस्थापन कोषमा युवाहरुको सहयोग

बिपद व्यवस्थापन कोषमा युवाहरुको सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७७, मंगलबार

बागलुङ, ३० असार– बागलुङको गलकोट नगरपालिका–४ ले स्थापना गरेको विपद ब्यबस्थापन कोषमा जापानमा रहेका युवाहरूले आर्थिक सहयोग गरेका छन् । निलुवा समाज चमुवा जापानमा आवद्ध युवाले कोषलाई सहयोग गरेका हुन ।
कोरोना महामारीलगाएत अन्य विपद ब्यबस्थापनमा खर्च गर्नेगरि कोषमा ४० हजार रुपैयाँ सहयोग गरेको वडा कार्यालयले जनाएको छ । निलुवा पर्यटकीय क्षेत्र प्रबद्र्धन केन्द्रमार्फत उक्त रकम कोषमा जम्मा गरिएको निलुवा समाज जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिए ।
सहयोग रकम बुझ्दै कोषका संयोजक तथा वडाअध्यक्ष बलबहादुर खत्रीले भैपरी आउने बिपत्तिको सामना गर्न स्थापना गरेको कोषमा कोरना महामारीले रोजगारी ठप्प हुँदासमेत प्रवासबाट युवाहरुले गरेको सहयोग अतुलनीय रहेको बताए । क्वारेन्टाइन ब्यबस्थापन र राहत वितरणको लागि तत्काल कोष स्थापना गरेपनि उक्त कोषलाई बिपत्तिको सामना गर्न सक्ने गरि अगाडि बढाउने अध्यक्ष खत्रीले बताए ।
कोषमा हालसम्म करिब १ लाख ९० हजार संकलन भएको छ । सहयोग रकम हस्तान्तरण गर्दै निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रका अध्यक्ष ओमकार सुबेदीले समाजमा रहेका युवाहरूले कठिन अवस्थाका बीच सहयोगलाई निरन्तरता दिने प्रतिवद्वता जाहेर गरेको सुवेदीले जानकारी दिए । सहयोग रकम हस्तान्तरण कार्यक्रमको संचालन केन्द्रका सचिव हेमराज गैरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->