बागलुङ, ३१ असार– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापका पहिरो पीडित परिवारलाई नेपाल विद्यार्थी संघका नेताले खाद्यान्न सहयोग गरेका छन् । नेविसंघका निवर्तमान महामन्त्री तथा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि हरिहर शर्माले पहिरो पीडित परिवारका लागि खाद्यान्न सहयोग गरेका हुन् ।
मंगलबार बिहान बर्षासँगै आएको पहिरोले घर पुरिँदा घरबारबिहिन बनेका पैञ्युथन्थापका टिकाराम शर्मालगायत बिस्थापितलाई शर्माले खाद्यान्न सहयोग गरेका हुन् । घर पुरिँदा घरमा रहेका खाद्यान्न सबै पुरिएपछि तत्काल केही राहत सामाग्री तथा खाद्यान्न सहयोग गरेको विद्यार्थी नेता शर्माले बताए ।
शर्माले विस्थापित परिवारको तत्काल व्यवस्थापनका लागि २५ किलो चामल २ किलो दाल, १ किलो नुनु, २ लिटर तेल, चार प्याकेट साबुनलगायतको दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन् । पहिरोले विस्थापित भएका ६ घरपरिवारलाई स्थानान्तरण गरिएको पनि शर्माले बताए ।





