सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हराएका युवा मृत भेटिए

हराएका युवा मृत भेटिए


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७७, बिहिबार

बागलुङ, १ साउन– बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीका १९ बर्षिया जीवन पुन मृत भेटिएका छन् । गत मंगलबारदेखि हराईरहेका पुन बिहिबार बिहान बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाको फुस्रे खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

हराईरहेका पुनको खोजी गरिदिन परिवारले आग्रह गरेपछि प्रहरीले खोजतलास थालेको थियो । पर्वतको लस्तीबजारमा रहेको सानिमाको घरबाट हिँडेका पुनलाई प्रहरीले मृत अवस्थामा फुस्रे खोलामा फेला पारेको प्रहरी निरीक्षक हेम केसीले बताए । उनको मृत्यु भवितव्य वा कर्तव्य भन्ने बिषयमा प्रहरीले खोजी थालेको छ । खोलाको खोँचमा शव भेटिएको र बर्षासँगै बाढी पहिरोको समय रहेकाले उनलाई बाढीले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । पुनको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->