शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जहाँका विद्यार्थीहरु विद्यालयमा रेडियो कार्यक्रम उत्पादन गर्छन्

जहाँका विद्यार्थीहरु विद्यालयमा रेडियो कार्यक्रम उत्पादन गर्छन्


  • हिमलाल पराजुली
  • साउन ३ २०७७, शनिबार

स्याङ्जा, ३ साउन– तपाईहरुलाई लाग्न सक्छ विद्यालयमा पढ्ने र पढाउने काम हुन्छ । तर यो तपाई हाम्रो अनुमानभन्दा ठिक विपरितका क्रियाकलापले यतिबेला कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा रहेको मिर्मी आधारभुत विद्यालय चर्चामा आएको छ ।
मिर्मीले विद्यार्थीहरुलाई पठनपाठनसंगै विद्यालयमा मिलीजुली रेडियो कार्यक्रम संञ्चालन गर्दै आएको छ । ८ कक्षासम्म अंग्रेजी माध्यममा पढाई हुने विद्यालयमा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरु उत्कृष्ट भएपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । निजीमा अध्ययनरत विद्यार्थीहरुसमेत मिर्मीमा आउन थालेका छन् । विद्यालय जिल्लामै नमुना बनेपछि अभिभावकको आकर्षण निजीभन्दा सरकारीमा बढेको हो ।
विद्यार्थी विद्यालय समय अगावै विद्यालयमा आएर पाठ्यपुस्तकबाहेक अन्य अतिरिक्त क्रियाकलावमा सहभागी हुने भएकोले उनीहरु घरमा भन्दा पनि विद्यालयमा बढि रामाउने गरेका छन् ।
कक्षा ८ मा अध्ययनरत छात्रा सुस्मा न्यौपानेले आफुलाई घरमा भन्दा विद्यालयमा नै रमाईलो लाग्ने बताइन् । न्यौपानेले भनिन्, ‘शिक्षक शिक्षिकाको ब्यवहारले विद्यालय र घरमा भएको कुनैपनि फरक पाउँदैनौ ।’ ७ मा अध्ययनरत दिवस भट्टराईले विद्यालयमा अध्यनका साथै अतिरिक्त क्रियाकलावमा समेत सहभागी भएर अतिरिक्त ज्ञान हासिल गर्न पाएकोमा खुसी लागेको बताए ।
विद्यार्थीहरुले विद्यालयमा रहेको स्टुडियोमा कोरोना भाइरसको संक्रमण र यसको रोकथामका उपायबारे सचेतनामुलक कार्यक्रमहरु समेत उत्पादन गर्ने गरेका छन् । उनीहरुले मिलीजुली बोलौ रेडियो कार्यक्रममार्फत समाजमा सचेतना समेत फैलाउदै आएका छन् ।
सुचना प्रविधीको उच्चतम प्रयोग गरेर शिक्षण गर्दा विद्यार्थीले पढाएको कुरा सजिलै बुझ्ने विद्यालयका सहायक प्रधानाध्यापक ज्ञान प्रसाद पाण्डेको भनाई रहेको छ । ‘सामुदायिक विद्यालयलाई प्रतिष्प्रर्धी र गुणस्तरिय बनाउन नयाँ–नयाँ प्रविधिको प्रयोगमा जोड दिनु अति आवश्क छ’ पाण्डेले भने ।
विद्यार्थीहरुलाई उनीहरुको शिप पहिचान गरि समुह बिभाजन गरेर नृत्य, गायन, रेडियो कार्यक्रम प्रस्तोता, सम्पादन, बाध्य—बाधन, विज्ञान प्रदर्शनलगायतका शिप भएका विद्यार्थीहरुलाई हप्तामा एक दिन विशेष कक्षासमेत संञ्चालन गर्ने गरेको प्रधानाध्यापक राम प्रसाद भट्टराइ बताउँछन् ।
बिद्यालयमा मिलीजुली बोलौं कार्यक्रम उत्पादन तथा सम्पादन विद्यार्थी अाँफैले गर्दछन् । राइट फर चिल्ड्रेन नामक गैरसरकारी संस्थाको सहयोगमा स्टुडियो निर्माण गरिएको छ । उनीहरुले उत्पादन तथा सम्पादन गरेका कार्यक्रम देशभरका बिभिन्न एफएम स्टेशनहरुबाट प्रशारण हुने गर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->