मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

जेनजी आन्दोलनमा फरार बन्दी पक्राउ

जेनजी आन्दोलनमा फरार बन्दी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८३, मंगलबार

पोखरा/जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार एक बन्दीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले आइतबार ४५ वर्षीय उत्तम मगरलाई पक्राउ गरी कारवाहीका लागि सोमबार कारागार कार्यालय कास्कीमा बुझाएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा महालक्ष्मी नगरपालिका वडा नं. ४, सानोगाउँबाटमगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।कास्कीको पोखरा महानगरपालिका वडा नं. २९, पटनेरी बस्ने मगर २०८२ भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले कारागार नै खाली गराउँदा फरार भएपछि सम्पर्कमा आएका थिएनन् ।

सहकारी ठगीसम्बन्धी कसुरमा पुर्पक्षकालागि थुनामा रहेका उनलाई कस्की प्रहरीले कारागारमा बुझाएको कारागार प्रशासक सम्राट थापामगरले बताए ।‘जेनजी आन्दोलनका बेला फरार भएकामध्ये अझै एक सय १० जना फरार हुनुहुन्छ, छ सय ६१ जना फर्किनुभएको छ,’ उनले भने ।

विभिन्न अपराधमा सजाय भोगिरहेका १६ विदेशी नागरिक पनि अझै फरार छन् । कारागार कार्यालय कास्कीमा अहिले ४९ महिला, छ सय ८२ पुरुष र दुई आश्रित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->