पोखरा/अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयपोखराले सोमबार आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेको छ । आयोगका पोखरा कार्यालय प्रमुख नारायणप्रसाद सापकोटालेसंविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष ३६ औं वार्षिक प्रतिवेदन पेस गरे ।
प्रतिवदेन बुझ्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता अन्त्य र भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताए ।उनले मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियारको क्रियाशीलताको प्रशंसागरे । विकासको मुख्य वाधक नै भ्रष्टाचार भएकाले त्यसलाई निर्मूल पार्न सबैले नैतिक आचरण सुधार गर्नुपर्ने र कानुनको पालना गर्नुपर्नेमा उनले जोड दिए ।
आयोग पोखरा कार्यालय प्रमुख सापकोटाले आयोगले आयोगको संवैधानिक दायित्वलाई थप प्रभावकारीबनाउनका लागि रणनीतिक योजना तर्जुमा गरी कार्य गरेको जनाए । आर्थिक वर्ष २०८२÷८३ मा आयोगको पोखरा कार्यालयमा दर्ता भएका उजुरी एक हजार एक सय ५० वटा र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका एक सय ८७ वटा गरी कुल एक हजार तीन सय ३७ मध्ये एक हजार एक सय ६० उजुरी छानबिन गरीएक सय ७७ उजुरी फछ्र्यौट हुन बाँकी रहेको सापकोटाले सुनाए ।
एक सय ११ उजुरीको भने विस्तृत अनुसन्धान जारी रहेको उहाँको भनाइ छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै उजुरी कास्कीको पोखरा महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ ।





