बागलुङ, ८ साउन– बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ नगरपालिका–५ मालिकामा सात घरगोठ भत्किएका छन् ।
मालिकाका हेमराज रेग्मी, भरत रेग्मी र टकमायाँ किसानको घर पहिरोले भत्काएको हो । सोही ठाउँका भरत रेग्मी, हर्कबहादुर क्षेत्री, भिम प्रसाद शर्मा र देवी प्रसाद शर्माको गोठ भत्किएको वडाअध्यक्ष शिव सापकोटाले जानकारी दिए । ‘सामान्य क्षति भएका र बसोबास गर्न नमिल्ने भएका धेरै घरगोठ छन्’ सापकोटाले भने ‘केहि दिन पहिला ३ परिवारलाई अन्यत्रै सारिएको थियो ।’ पहिरोले बिद्युत प्रसारण लाईनका पोल बगाउँदा मालिकामा बिद्युत सेवा पनि अवरुद्ध छ । खानेपानीका मुहान तथा वितरण लाईनका पाईप बगाएपछि स्थानीयले सास्ती खेपेका छन् ।





