सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मालिकाका पहिरो पिडितलाई नगद राहत वितरण

मालिकाका पहिरो पिडितलाई नगद राहत वितरण

बहिरा संघ बागलुङबाट पनि आर्थिक सहयोग


  • ढोरपाटन संबाददाता
  • साउन १० २०७७, शनिबार

बागलुङ, १० साउन – पहिरोले घरवास गुमाएका बागलुङ नगरपालिका-५ मालिकाका तीन घरपरिवारलाई मालिका सेवा समाज बागलुङले राहत स्वरुप नगद रकम प्रदान गरेको छ । वडा कार्यालयमा शनिवार कार्यक्रमको आयोजना गरी तीन परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले ७५ हजार रुपैयाँ प्रदान गरिएको समाजका अध्यक्ष दुर्गा वहादुर कुवँरले वताए ।
पहिरोले घरवास गुमाएका हेमराज उपाध्याय, भागिरथ उपाध्याय र टकमाया किसानलाई प्रति परिवार २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले विपतमा मालिका सेवा समाजले गर्दै आएको मानवीय सेवाप्रति प्रशंसा गरे । सो अवसरमा मालिकाका वडा अध्यक्ष शिव प्रसाद सापकोटा, बागलुङ नगर कार्यपालिका सदस्य कालिका सापकोटा लगायतले विपतको घाउमा मलम लगाएकोमा समाजलाई धन्यवाद दिए ।
मालिका सेवा समाज बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष जीवननाथ शर्मा र संचालन सचिव तेज बहादुर कुँवरले गरेका थिए । मन्तब्य राख्दै अध्यक्ष कुँवरले समाजमा पर्ने सवै विपतमा मालिका सेवा समाज साथमै रहने वताउदै विपदको अवस्थामा सहकार्य गर्न सवैलाई आग्रह गरे । यसअघि पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाबाट प्राप्त भएका ९ थान पाल वडा कार्यालयमार्फत प्रदान गरिएको थियो ।बहिरा संघ बागलुङबाट पनि आर्थिक सहयोग
मालिकाका पहिरो पीडितलाई बहिरा संघ बागलुङले पनि आर्थिक सहयोग गरेको छ । संघले आफ्ना सदस्य यादव रेग्मीको परिवारलाई एक कार्यक्रमका बीच नगद ५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेको संघका अध्यक्ष नरबहादुर थापाले जानकारी दिए। विपतको घडीमा गरेको थोरै सहयोगले पनि धेरै महत्व राख्ने हुँदा आफ्नो परिवारभित्रका सदस्यलाई सहयोग गरेको थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->