सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरोमा पुरिए एक्जाभेटर, ट्रिपर र ट्याक्टर (तस्बिरसहित)

पहिरोमा पुरिए एक्जाभेटर, ट्रिपर र ट्याक्टर (तस्बिरसहित)


  • ढोरपाटन संबाददाता
  • साउन १० २०७७, शनिबार

बागलुङ, १० साउन – बागलुङ नगरपालिका १ रामरेखामा रहेको रामरेखा सामुदायीक बनक्षेत्रमा शनिवार भिषण पहिरो गएको छ । बागलुङ पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले एक स्काभेटर, एक ट्याक्टर र एक टिपर पुरीएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए । ट्याक्टर र टिपरका चालक सम्पर्क बाहिर छन् । रिजालका अनुसार मानविय हताहती समेत भएको हुनसक्ने अनुमान छ । स्काभेटरका चालक भने सम्पर्कमा आएको उनले बताए । पहिरो निरन्तर खसिरहेकाले उद्धारमा समस्या भएको रिजालले बताए । पहिरो गएपछि शनिवार राति अबेर सम्म जिल्ला विपद व्यवस्थापन समिति, प्रहरी र स्थानीयको सहयोगमा उद्धारको प्रयास भएको थियो । सुख्खा पहिरोका कारण रातको समयमा नजिकमा जान सक्ने अवस्था नरहेको रिजालले बताए । स्काभेटरमा चालक मात्रै रहेको भएपनि ट्याक्टर र टिपरमा चालक मात्रै थिए वा अरु कोही थिए भन्ने बिषयमा जानकारी प्राप्त भैरहेको छैन् । ट्याक्टर र टिपरका चालकहरुको मोवाईल फोनमा भने घण्टि बज्ने तर रिसिव नभएको रिजालले बताए । प्रहरी सहितको उद्धार टोलिले शनिवार राति अवेरसम्म उद्धारको प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->