बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

श्रमदानबाट अवरुद्ध मोटरबाटो मर्मत

श्रमदानबाट अवरुद्ध मोटरबाटो मर्मत

सरोकारवालाको ध्यान नगएपछि आँफै कस्सिए स्थानीय ।


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७७, सोमबार

म्याग्दी २५ साउन– म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ का वासिन्दाहरुले सामुहिक श्रमदान गरेर पहिरोका कारण दुई सातादेखि अवरुद्ध रहेको मोटरबाटो मर्मत गरी यातायातका साधनहरु संचालनमा ल्याएका छन् ।
बेनी नगरपालिका र मंगला गाँउपालिका ३ र ४ वडा जोड्ने करिब २ किलोमिटर मोटरबाटो स्थानीयको सक्रियतामा मर्मत गरी यातायात संचालन गरिएको हो । अर्जेखोला (सान्तुङ्ग) देखि वडा कार्यलय सम्म मर्मत सम्भार गरिएको गतिशिल युवा क्लवका सचिव सुवाश श्रेष्ठले जानकारी दिए ।
अविरल वर्षाका कारण कच्ची मोटर बाटोमा विभिन्न ठाउँमा पहिरो खसेर बाटो पुरिनुको साथै भलले मोटर बाटो कटानी गर्दा दुई साता अघिदेखि सो सडकमा यातायातका साधनहरु संचालन हुन सकेका थिएनन् ।नगरपालिका र गाउँपालिकाका साथै सरोकारवाल कसैले पनि चासो नदेखाए पछिस्थानीयहरुको सक्रियतामा मोटर बाटो मर्मत सम्भार गरिएको सचिव श्रेष्ठले बताए ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्नका लागि ढुवानीका गाडी, बस, जीप समेत नचल्दा स्थानीयले सास्ती बेहोर्नु परेको थियो । गाउँमा उत्पादन भएका तरकारी, फलफुल, दुध लगायतका सामान बेनी पुर्याउन पनि कठिन भएको थियो ।समुदायको पहलमा श्रमदानमार्फत मोटरबाटो मर्मत गरेका वरंजावासीलाई मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले धन्यवाद दिए । गाउँपालिकाको बजेटले मात्रै मोटरबाटोको मर्मत सम्भव नभएको अवस्थामा समुदायको पहलमा सडक मर्मत गरी यातायात संचालन गरेकोमा वरंजावासीलाई धन्यवाद दिँदै अध्यक्ष रोकाले विकास निर्माणमा सबैले हातेमालो गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->