बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोना देखिएपछि तनहुँको भानु नगरपालिकामा लकडाउन

कोरोना देखिएपछि तनहुँको भानु नगरपालिकामा लकडाउन


  • बिनोद ढुङ्गाना
  • साउन २७ २०७७, मंगलबार

तनहुँ, २७ साउन – जिल्लाको भानु नगरपालिकामा समुदायस्तरमा एक जनालाई कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएपछि मंगलवारदेखि एक हप्ते लकडाउन गरिएको छ । समुदायमा संक्रमण देखिएपछि जोखिम न्यूनीकरण गर्न नगरपालिका र वडा कार्यालयबाट दिईने सेवासंगै नगर क्षेत्रमा सञ्चालित सार्वजनिक सेवा प्रदान गर्ने संघसंस्था, वित्तीय संस्था, उद्योग, व्यवसाय र सार्वजनिक यातायातका सेवा बन्द गरेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई बताए ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सोमबार भानु नगरपालिकाका–१ का ३४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित ठेक्कापट्टामा गर्ने व्यक्ति हुन् । उनी जिल्लाबाहिर नगएको भट्टराईले बताए । ‘जिल्लाबाहिरको ट्राभल हिस्ट्र पाइएन । उच्च सतर्कता अपनाउदै लकडाउन गरिएको छ’, उनले भने ।
स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार नगरपालिकाले संक्रमित पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका सर्वसाधरण, जनप्रतिनिधी र कर्मचारी गरी एक सय १९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाएको छ । स्वाब संकलन गरिएका केहीले ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएको उनले बताए ।
भानुका ती संक्रमितलाई सोमबार नै जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा ल्याईएको थियो । मंगलबार दिउँसो श्वासप्रश्वासमा समस्या देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । ‘श्वासप्रश्वासमा सामान्य समस्या देखिएको हो । हामीकहाँ भेन्टिलेटर छैन् । भेन्टिलेटरमा राख्ने अवस्था आउने सक्ने जोखिम भएकाले पोखरा पठायौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->