सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा

तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०७७, बिहिबार

भदौ ४, तनहुँ– सुमदायस्तरमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलन नदिन तनहुँका थप तीन स्थानिय तहमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको भिमाद नगरपालिकाको सबै क्षेत्र, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ देखी ९ सम्म र देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । यी स्थानमा भदौ ३ गते राती १२ बजेदेखी १० गते राती १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने आचार्यले जानकारी दिए ।
बुधबार शुक्लागण्डकी नगरपालिका – ४ मा एक डिपार्टमेन्टल स्टोर्समा कार्यरत २९ बर्षिय पुरुष र देवघाट गाउँपालिका–५ स्थित एक आश्रममा कार्यरत २७ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको थियो । ती दुवै संक्रमित समुदायस्तरका व्यक्ति हुन् ।
भिमाद नगरपालिकामा भने समुदायस्तरमा संक्रमित भेटिएका छैन्न् । तरपनि शुक्लागण्डकीका संक्रमित त्यहाँको बजार क्षेत्रमा आउजाउ गरेको पाइएकाले जोखिम न्यूनिकरणका लागी निषेधाज्ञा गरिएको हो । ‘समुदायस्तरमा संक्रमण फैलन नदिनलाई स्थानिय तहको माग अनुसार निषेधाज्ञा जारी भएको हो’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बुधबारको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
निषेधाज्ञा अवधिभर अतिआवश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक संस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य तथा उद्योग, कलकारखाना र अन्य व्यवसाय बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
अत्यावश्यक सेवा, स्वास्थ्य तथा सरसफाईका सेवा, सरकारी र सार्वजनिक कार्यलयका नियमित कार्यहरु सञ्चालन गर्न पाईनेछ । स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी औषधी, खाद्यन्न, फलफुल, तरकारी र दुग्धजन्य सामाग्री विक्री वितरण गर्ने पसल सञ्चालन गर्न दिईनेछ । यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, एम्बुलेन्स, शवबाहन, खाद्यन्न, औषधी, फलफुल, कुखुराको चल्ला, माछा, मासु, तरकारी, दुग्द्यजन्य पदार्थ, पानी र इन्धन बोक्ने सवारीलाई पनि चल्ने दिने प्रशासन कार्यालयले निकालेको सुचनामा उल्लेख छ ।
यसअघि यहाँका दुई स्थानिय तहमा निषेधाज्ञा लागु भईसेकेको छ । गत सोमबादेखी भानु नगरपालिकामा दुई साता र व्यास नगरपालिकामा एक साता लागु हुनेगरी निषेधाज्ञा जारी भएको थियो ।
जिल्लाको घिरिङ गाउँपालिका पनि अत्यावश्याक बाहेकका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाद्धारा बुधवार जारी सुचनामा बुधवार राती १० बजेदेखि भदौं १० गते राती १२ बजेसम्म तोकिएको सेवाबाहेक सबै बन्द हुने उल्लेख छ । गाउँपालिकाभर अत्यावश्यक सेवा तथा खाद्यान्न ढुवानीबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ । चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गर्नुका साथै बाहिर निस्कनुपरे अनिवार्य मास्क लगाउन भनिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->