आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा महानगरमा एकैदिन थपिए १३ जना कोरोना संक्रमित

पोखरा महानगरमा एकैदिन थपिए १३ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६८ पुग्यो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७७, शनिबार

पोखरा, ६ भदौ – पोखरा महानगरपालिकामा शनिवार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार थप हुनेमा महानगरपालिका वडा नं. ४ का २ जना, वडा नं. ५ का १ जना, वडा नं. ६ का २ जना, वडा नं. ८ का ४ जना, वडा नं. ९, १६ , २७ र ३० का एक एक जना रहेका छन्। प्रदेश क्षयरोग केन्द्रमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण भेटिएको हो । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक डा.विनोदविन्दु शर्माले वताए । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->