पोखरा, ७ भदौ – पोखरा महानगरपालिकामा आईतवार विहानै दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु ३० र ३२ बर्षिया महिना हुन् । उनीहरुको वार्ड भने खुलेको छैन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवै महिला भदौ १ गते सेवा अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएकी तनहुँ जिल्ला, ब्यास नगरपालिकाका ५० बर्षिय महिलाको सम्पर्कमा आएका व्यक्तिहरु हुन् । यी संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० पुगेको छ ।




