बागलुङ, ९ भदौ– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । मंगलवार पछिल्लोपटक स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङको बागलुङ नगरपालिका–३ की ५४ बर्षिया एक महिला, पर्वतको फलेवासका २२ र ३५ बर्षिया पुरुष तथा मनाङका ५१ र ४९ बर्षिया पुरुषमा संक्रमण रहेको पुष्टि भएको हो । बागलुङकी महिला कन्ट्रयाक ट्रेसिङमा परेकी थिईन् । उनको परिवारका एक पुरुषमा यस अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।





