शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आफ्ना प्राविधिक कर्मचारीमा कोरोना पुष्टिपछि काठेखोला गाउँपालिका वन्द

आफ्ना प्राविधिक कर्मचारीमा कोरोना पुष्टिपछि काठेखोला गाउँपालिका वन्द


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७७, बिहिबार

बागलुङ, ११ भदौ – काठेखोला गाउँपालिकाको एक जना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले एक हप्ताका लागि सवै कार्यालयहरु वन्द गरेको छ । विहिवार दिउसो वसेको गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्मका लागि गाउँपालिका मातहतका सबै कार्यालयका सेवा बन्द गर्ने निर्णय गरिएको अध्यक्ष अमर थापाले वताए । बिहिवारदेखि लागु हुने गरी आगामी भदौ १७ गते सम्मका लागि गाउँपालिकाको अत्यावश्यक वाहेकका सवै सेवा बन्द गरिएको हो । पालिकाले गाउँपालिका कार्यालय वरपर र सुल्डाँडामा रहेको चिया पसल, खाजा घरहरु वन्द गर्न समेत अनुरोध गरेको छ । पालिकाले संक्रमितको सम्पर्कमा आएकाहरुलाई सवैलाई स्वाब परीक्षण गरेर सहयोग गर्न समेत आग्रह गरेको छ । प्राविधिक शाखामा काम गर्ने ३१ बर्षिय प्राविधिकमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय वन्द गर्नु परेको अध्यक्ष थापाले वताए । ती प्राविधिक भदौ २ गते काठमाडौंबाट पालिकामा आएका थिए । त्यस्तै, भारतको चेन्नइबाट आएर भिमसेन प्रावि क्वारेन्टिन बिहुँमा बसेका काठेखोला-१ का ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->