सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लमजुङमा जारी निषेधाज्ञा पाँच दिन थपियो

लमजुङमा जारी निषेधाज्ञा पाँच दिन थपियो


  • Dhorpatan News
  • भाद्र १३ २०७७, शनिबार

लमजुङ, १३ भदौ– संक्रमण जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका विभिन्न स्थानीय तहमा जारी गरेको निषेधाज्ञा अवधि थप गरेको छ । सदरमुकाम बेंसीशहरका केही वडाहरूमा निषेधाज्ञा जारी राख्दै अन्य स्थानीय तहमा पनि समयावधि थपिएको हो । जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित क्राइसिस म्यानेजमेन्ट सेन्टरमा शुक्रबार बसेको बैठकले मध्यनेपाल, सुन्दरबजार, राइनास र क्होलासोँथारमा जारी निषेधाज्ञाको समयावधि थप गरेको हो । यसअघि १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा संक्रमण जोखिम अझै कायम रहेको भन्दै १७ गते सम्मका लागि थप भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->