शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कर्मचारी र पत्रकार सहित ३९ जनामा कोरोना पुष्टि

गण्डकीमा कर्मचारी र पत्रकार सहित ३९ जनामा कोरोना पुष्टि

उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७७, मंगलबार

पोखरा, १६ भदौ – गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालकसहित  थप ३९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् । लमजुङको बेसीशहरका २६ जना,  नवलपुरको बिनयत्रिवेणी र देबचुलीका १० जना, कास्कीको पोखराका दुईजना र बागलुङका एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।
लमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् । उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो । संक्रमण पुष्टि भएका एकजना नेपाल पर्यटन बोर्ड, पोखराका पदाधिकारी हुन् । उनको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->