बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आफै पैसा तिरेर पिसिआर गराउन आएका पोखराका डोजर ब्यवसायीमा कोरोना संक्रमण

आफै पैसा तिरेर पिसिआर गराउन आएका पोखराका डोजर ब्यवसायीमा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

पोखरा, १७ भदौ – स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित पे क्लिनिकमा परिक्षण गराएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी २४ वर्षीय युवा हुन् । आफै पैसा तिरेर कोरोना परीक्षण गराउन आएका ती युवामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पे क्लिनिकमा परिक्षण गराएको यो गण्डकी प्रदेशको पहिलो घटना हो । कोरोना भाइरसस‌ँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनी पे क्लिनिकमा गएर स्वाब दिएका थिए । पेशाले डोजर व्यवसायी रहेका ती संक्रमित युवाको घर तनहुँको ब्यास नगरपालिका-६ मा भएपनि हाल पोखराको अमरसिंहचोकमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->