शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वडा कार्यालयको साथ पाएपछि बाटो निर्माण गर्न कस्सिए गाउँले

वडा कार्यालयको साथ पाएपछि बाटो निर्माण गर्न कस्सिए गाउँले

वडाको तर्फबाट आवश्यक सिमेन्ट उपलब्ध गराउने र स्थानीयले श्रमदान गरेर बाटो निर्माणको काम भइरहेको हो ।


  • हिमलाल पराजुली
  • भाद्र १७ २०७७, बुधबार

स्याङ्जा, १७ भदौ– वालिङ नगरपालिका–१३ स्थित बोधीभञ्ज्याङ्का स्थानीय बासिन्दा यतीबेला आफ्नो गाउँघर वरिपरिको मोटरबाटो निर्माणमा एकजुट भएका छन् । समस्या भोग्दै आएका गाउँलेले वडा कार्यालयको साथ पाएपछि मोटरबाटो निर्माणमा जुटेका हुन् ।
स्थानीय बासिन्दाले जनश्रमदानबाट करिब ३ सय मिटर बाटो ढलान गरिसकेका छन् भने बाँकी विस्तार गर्ने योजनासमेत बनाएका छन् । निर्माण समितिका अध्यक्ष अर्पण थापाले वडा कार्यालयले सिमेन्ट उपलब्ध गराएपछि गाउँलेहरुले श्रमदान गरेर बाटो निर्माणमा जुटेको बताए ।
‘गाउँमा हिड्डुल गर्न निकै समस्या भएपछि हामी आफ्नो गाउँको काम आफै गर्नुपर्छ भनेर लागेका हौ’ थापाले भने । स्थानीय जगबहादुर थापाले गाउँलेहरु बिरामी हुँदा एम्बुलेन्स र अटो रिक्सा आवतजावत गर्न सहज होस् भन्ने उदेश्यले आफुहरु मोटरबाटो निर्माण कार्यमा जुटेको बताए ।
स्थानीय जनताले मोटरबाटो निर्माण कार्यमा देखाएको तत्परताले आफुलाई उत्साहित बनाएको वडा अध्यक्ष आनन्द पाठकले बताए । वडाको तर्फबाट आवश्यक सिमेन्ट उपलब्ध गराउने र स्थानीयले श्रमदान गरेर बाटो निर्माणको काम भइरहेको पाठकको भनाई छ ।
वडाका भित्री सडाकहरुको संरक्षण र सुधार गर्ने कार्यक्रम अनुसार बोधीभञ्ज्याङमा बाटो निर्माण गरिएको र यो कार्य वडाको सबै टोलमा आवश्यकता अनुसार विस्तार गरिने अध्यक्ष पाठक बताउँछन् ।
स्थानीयले भदौ १ गतेबाट निर्माण कार्य सुरु गरेको सो बाटोमा करिब ३ सय मिटर निर्माण गरिसकेका छन् भने १ एक सय बोराभन्दा माथि सिमेन्ट खर्च भएको र थप १ सय बोरा सिमेन्ट लाग्ने अनुमान गरिएको वडा कार्यालयले जनाएको छ । वडाले सिमेन्ट उपलब्ध गराएपनि ढुंगा बोक्नेदेखि लिएर मिस्त्रीको कामसमेत स्थानीयले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->