सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मस्र्याङदीमा सवारी खसेको अनुमान, अझै यकिन भएन

मस्र्याङदीमा सवारी खसेको अनुमान, अझै यकिन भएन


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

तनहुँ, १७ भदौ – बुधबार विहान ६ बजेतिर तनहुँ प्रहरीलाई मस्र्याङदी नदीमा सवारी खसेको सुचना आयो । आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरा नजिक पृथ्वीराजमार्गमा सडकबाट नदीमा सवारी खसेको अनुमानमा प्रहरीले पनि उद्धार थाल्यो । तर, के खस्या भन्ने अझैसम्म यकिन हुन सकेको छैन् ।
भत्किएको सडकसंगै भाचिएको डिभाईडरले सवारी खसेको अनुमान गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले बताए । त्यो बाहेक अरु कुनै प्रमाण नभएको उनको भनाई छ । ‘खसेको अनुमान गर्न मिल्ने आधार छन् । उद्धारको लागी विपद् व्यवस्थापन विद्यालय कुरिनटारबाट गोताखोरको टोली ल्याईयो । पानीको वहावसंगै गहिराई बढी भएकाले टोली नदीमा छिर्नसकेन् । वरपर केही नभेटिएपछि उद्धार टोली फर्किएको छ । के खस्यो भन्ने पनि यकिन गर्न सकिएन्’, उनले भने ।त्यहाँ खोजी कार्यका लागी प्रदेश प्रहरी कार्यालय गण्डकीसंग थप प्राविधिक सामाग्री माग गरिएको उनले बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य र प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेल पनि सवारी खसेको भनिएको उक्त स्थानको स्थलगत निरिक्षण गरी फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->