बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेश प्रमुख शेरचद्वारा दुःख व्यक्त

गण्डकी प्रदेश प्रमुख शेरचद्वारा दुःख व्यक्त


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७७, बिहिबार

बागलुङ, १८ भदौ– गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बागलुङको ढोरपाटन नगरपालिकामा गए रातिको अविरल वर्षासँगै आएको पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रदेश प्रमुखले बिहिबार एक शोक वक्तव्य प्रकाशित गरी भुजी खोला थुनिएर तटीय बस्तीमा बाढी पस्दा ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का दर्जनाँै घरलगायतका भौतिक संरचना बगाएको तथा दर्जनौँ बेपत्ता भएको खबरले स्तब्ध बनाएको उल्लेख गरेका छन् । बाढीमा परी बेपत्ता भएकाको तत्काल खोजी तथा उद्दारका लागि खट्ने स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीप्रति उनले आभार प्रकट गरेका छन् ।
संकटको समयमा तत्काल उद्दार, राहत, पुनस्र्थापना तथा बाढीका कारण जोखिममा परेका वरपरका बस्ती संरक्षणमा तदारुकताका साथ आवश्यक प्रवन्ध मिलाउन सरकार एवं सम्बन्धित पक्षलाई प्रदेश प्रमुख शेरचनले अनुरोध गरेका छन् । पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने ४१ जना अभैm बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->