आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पाँच दिनसम्म पनि घरमै कोरोना संक्रमित

पाँच दिनसम्म पनि घरमै कोरोना संक्रमित

आईसोलेसनमा लैजाने भएपछि संक्रमितलाई पाँच दिनसम्म पनि घरमै राख्नु गम्भिर लापरवाही हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७७, शुक्रबार

तनहुँ, १९ भदौ– भानु नगरपालिका–६ का ३८ बर्षिय पुरुषलाई आईतबार कोरोना संक्रमणको पुष्टी भयो । घरमै अलग्गै कोठामा बसेका उनलाई बुधबार मात्रै जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा ल्याईयो । ‘पहिला आईसोलसनमा बेड छैन भनियो । घरमै पनि सुरक्षित बसेको थिए । बुधबार साँझ यहाँ ल्याईएको छ’, टेलिफोनमा उनले सुनाए ।
ती पुरुषसंगै भानु –६ मा एकैदिन २२ जनालाई कोरोना संक्रमणको पुष्टी भएको हो । तर, संक्रमणको पुष्टी भएको चार दिन पुग्दासमेत ५ जना संक्रमित अझै घरमा बसिरहेका छन् । १७ जना संक्रमितलाई विहीबार दिउँसोसम्म आईसोलेसनमा ल्याईएको हो । तीमध्ये १५ जना जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा र २ जनालाई दमौली अस्पतालले सञ्चालन गरेको आईसोलेसनमा राखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । बाँकी तीन जनालाई पनि छिट्टै आईसोलेसनमा ल्याउने उनले बताए । ‘दुई जना संक्रमितलाई घरमै बस्न उपयुक्त छ । उहाँहरुलाई होम आईसोलेसनमै राख्छौ’, उनले भने ।
पछिल्लो समय जिल्लामा होम क्वारेन्टिनमा बस्न दिदाँ परिवारका सदस्यलाई पनि संक्रमण भएको घटना सार्वजनिक भईरहेको छ । आईसोलेसनमा लैजाने भएपछि संक्रमितलाई पाँच दिनसम्म पनि घरमै राख्नु गम्भिर लापरवाही हो । तर, भानु नगरपालिकाका मेयर उदयराज गौली यसलाई लापरवाही मान्न तयार छैनन् । ‘आईसोलेसन भरिभराउ भएकाले लैजान ढिलाई भएकौ हो । सरकारले गरेको निर्णयमा पनि घरमै आईसोलेसनमा बस्न चाहनेलाई राख्ने भनिएको छ । तसर्थ लापरवाही भएको हैन् ।’ उनले संक्रमितकै सहमतीमा घरमा बसालेको दाबी गरे । उनले अगाडी भने, ‘अस्पताल ल्याएर पनि औषधी गर्ने त केही पनि हैन् । ज्वरो आए सिटामोल दिन्छन् । नत्र भने आराम गर्ने, खाना दिने हो ।’ कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापनमा स्थानिय तह लागी परेको ६ महिना हुदाँसमेत पर्याप्त आईसोलेसने छैन् । पालिकामै आईसोलेसन बनाएर राख्दा संक्रमितलाई जटिल समस्या देखिए सम्बन्धित अस्पताल लैजान टाढा पर्ने भएकाले भानुमा आईसोलेसन नबनाएको उनको जिकिर छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->